site stats
मेसीको नजरमा विश्वकपको उपाधि दाबेदार– ब्राजिल र फ्रान्स
मेसीको नजरमा विश्वकपको उपाधि दाबेदार– ब्राजिल र फ्रान्स

काठमाडौं । अर्जेन्टिनाका कप्तान लियोनल मेसीले साविक विजेता फ्रान्स र ब्राजिल कतार विश्वकपको प्रमुख दाबेदार राष्ट्र भएको बताएका छन् ।

मेसीले ब्राजिल, जर्मनी, फ्रान्स, इङ्ल्यान्ड र स्पेन सँधै उपाधि दाबेदार हुने भए पनि फ्रान्स र ब्राजिल प्रतियोगिताको प्रमुख दाबेदार भएको बताए । विश्वकप कतारमा नोभेम्बर २० देखि डिसेम्बर १८ सम्म आयोजना हुने तालिका छ ।

 

 

"हामी सँघै राम्रो टिमले विश्वकप जित्ने बताउँछौँ । तर, यदी मैले रोज्नु परे फ्रान्स र ब्राजिल विश्वकपको प्रमुख उपाधि दाबेदार हुन्," एक अन्तर्राष्ट्रिय सञ्चारमाध्यमसँगको कुराकानीमा मेसीले भने । 

"उनीहरूको टिम लामो समयदेखि एकसाथ खेल्दै आएका छन् । युरोपियन च्याम्पियनसिपको प्रदर्शनलाई हटाउने हो भने फ्रान्सको प्रदर्शन राम्रो छ । उनीहरूको टिममा उत्कृष्ट खेलाडीहरू छन् । टिटेको प्रशिक्षणमा रहेको ब्राजिल पनि उस्तै छ ।"

 

विश्वकपको उपाधि दाबेदारको कुरा गरिरहँदा मेसीले आफ्नो देश अर्जेन्टिनाको बारेमा भने कुरा गरेनन् । पछिल्लो ३५ खेलदेखि अपराजित रहेको अर्जेन्टिनाले गत वर्ष फाइनलमा ब्राजिललाई हराउँदै कोपा अमेरिकाको उपाधि जितेको थियो ।

प्रकाशित मिति:सोमबार, कात्तिक २८, २०७९  ११:५९
प्रतिक्रिया दिनुहोस्
खेल तालिका र नतिजा
फाइनल
फाइनल
फाइनल
फाइनल
फाइनल