site stats
पोर्चुगल तथा लिभरपुलका फरवार्ड जोटाले विश्वकप गुमाउने
पोर्चुगल तथा लिभरपुलका फरवार्ड जोटाले विश्वकप गुमाउने

काठमाडौं । लिभरपुल तथा पोर्चुगलका फरवार्ड डिएगो जोटाले पिडौँलाको चोटका कारण कतारमा हुने फिफा विश्वकप २०२२ गुमाउने प्रशिक्षक योर्गान क्लोपले बताएका छन् ।

इङ्लिस प्रिमियर लिगमा आइतबार सम्पन्न म्यानचेस्टर सिटीविरुद्धको खेलमा २५ वर्षे जोटा अन्तिम मिनेटमा घाइते भएका थिए । उनलाई स्टेचरमा राखेर मैदानबाहिर लगिएको थियो । क्लोपका अनुसार जोटा ‘लामो समय मैदान बाहिर हुनेछन् ।’

‘‘पिडौँलाको मशलमा गम्भीर चोट लागेको छ । उनी र पोर्चुगलका लागि यो दुखद समाचार हो,’’ क्लोपले भने, ‘‘मलाई लाग्छ मैदानबाट बाहिरिँदा नै जोटालाई गम्भीर चोट लागेको महसुस भएको थियो । मैले भेट्दा उनले के भएको थियो भनेर धेरै व्याख्या गरे । मलाई लाग्छ, उसलाई थाहा थियो यो गम्भीर थियो र यस चोटले विश्वकप सपना प्रभावित हुन सक्छ ।’’

जोटाले सामाजिक सञ्जालमा लेखेका छन्, “एनफिल्डमा एउटा अद्भूत रात सबैभन्दा खराब तरिकामा समाप्त भयो । अन्तिम मिनेटमा मेरो एउटा सपना टुट्यो ।’’

जोटाले ह्यामस्ट्रिङ चोटका कारण सिजनको सुरुआती खेलहरू पनि गुमाएका थिए । 

विश्वकपमा पोर्चुगल समूह ‘एच’मा छ । यस समूहमा पोर्चुगलसँगै घाना, उरुग्वे र दक्षिण कोरिया छन् । 

प्रकाशित मिति:सोमबार, कात्तिक २८, २०७९  ११:५७
प्रतिक्रिया दिनुहोस्
खेल तालिका र नतिजा
फाइनल
फाइनल
फाइनल
फाइनल
फाइनल