site stats
फ्रान्सका मिडफिल्डर कोन्टेले विश्वकप गुमाउने
फ्रान्सका मिडफिल्डर कोन्टेले विश्वकप गुमाउने

काठमाडौं । फ्रान्स तथा चेल्सीका मिडफिल्डर एन‘गोलो कोन्टेले ह्यामस्ट्रिङ चोटका कारण कतारमा हुने विश्वकप गुमाउने भएका छन् । 

३१ वर्षीय कान्टे १४ अगस्टमा टोटनहमविरुद्धको खेलमा घाइते भएका थिए । चेल्सीको घरेलु मैदानमा सम्पन्न खेलमा टोटनहमसँग २–२ को बराबरी खेलेको थियो । 

 

 

चेल्सीले जारी गरेको विज्ञप्तिमा कोन्टे चार महिना मैदानबाहिर हुने बताइएको छ ।

कोन्टेले फ्रान्सबाट रुसमा सम्पन्न सन् २०१८ को विश्वकप उपाधि जितेका थिए । तर, यसपटक कोन्टे नोभेम्बर २० बाट कतारमा हुने विश्वकप गुमाउने खेलाडीको सूचीमा सामेल भएका छन् । 

 

चेल्सीका रक्षक जेम्स रिसेले पनि विश्वकप गुमाउने सम्भावना छ । इङ्ल्यान्डका रक्षक रिसेको च्याम्पियन्स लिगमा एसी मिलानविरुद्ध घुँडामा चोट लागेको थियो । मंगलबार मात्रै लिभरपुलका प्रशिक्षक योर्गान क्लोपले पोर्चुगलका २५ वर्षे फरवार्ड डिएगो जोटाले विश्वकप गुमाउने पुष्टि गरेका थिए । 

प्रकाशित मिति:सोमबार, कात्तिक २८, २०७९  ११:५४
प्रतिक्रिया दिनुहोस्
खेल तालिका र नतिजा
फाइनल
फाइनल
फाइनल
फाइनल
फाइनल