site stats
अर्जेन्टिनी स्टार मेसी भन्छन्– कतार विश्वकप मेरो लागि अन्तिम हुन्छ
अर्जेन्टिनी स्टार मेसी भन्छन्– कतार विश्वकप मेरो लागि अन्तिम हुन्छ

काठमाडौं । अर्जेन्टिनी फुटबल स्टार लियोनेल मेस्सीले नोभेम्बरमा कतारमा हुन लागेको विश्वकप फुटबल आफ्नो लागि अन्तिम हुने बताएका छन् । 

पेरिस सेन्ट जर्मनका ३५ वर्षीय फरवार्डले अर्जेन्टिनाको तर्फबाट चारपटक विश्वकप खेलिसकेका छन् । सो क्रममा उनले १९ खेलमा ६ वटा गोल गर्दा र थप पाँच गोलका लागि अवसर बनाएका छन् ।

 

 

सन् २०१४ मा अर्जेन्टिनालाई उनले उपविजेताको उपाधि दिलाएका थिए । उनले आफ्नो कप्तानीमा सन् २०२१ को कोपा अमेरिकाको उपाधि दिलाएका थिए । मेसीले अब आफ्नो देशलाई विश्वकप फुटबलको उपाधि दिलाउन बाँकी छ । 

“निश्चित रूपमा त्यो मेरो अन्तिम विश्वकप हुनेछ,” मेसीले भने । ईएसपीएनसँग कुरा गर्दै मेसीले थपे, “मैले विश्वकप फुटबलको दिनगन्ती गरिरहेको छु । एकसाथ चिन्ता र हडबडाहट छ ।”

 

सन् २००५ मा अन्तर्राष्ट्रिय फुटबलमा प्रवेश गरेका मेसीले अर्जेन्टिनाका लागि कूल १६४ खेलमा ९० गोल गरेका छन् । फिफाको वरीयताक्रममा आर्जेन्टिना तेस्रो स्थानमा रहेको छ ।

नोभेम्बर २० तारिखदेखि  सुरू हुने कतार विश्वकप फुटबलअन्तर्गत समूह सीमा अर्जेन्टिनाको भेट साउदी अरब, मेक्सिको र पोल्यान्डसँग हुने छ ।

“विश्वकपमा जे पनि हुनसक्छ । सबै प्रतिस्पर्धा कठिन हुन्छन्,” मेसीले भने, “लोकप्रिय टोलीहरूले सधैँ जित नै निकाल्छन् भन्ने हुँदैन ।” 

आफ्नो इतिहासका कारण र्ओन्टिना सधैँ एउटा दाबेदारको रूपमा रहिआएको बताउँदै उनले थपे, “अहिले पनि हामी दाबेदार हौँ । तर, हामी सबैभन्दा लोकप्रिय होइनौँ । मेरो विचारमा हामीभन्दा अरू पनि राम्रा टोली छन् ।” 

प्रकाशित मिति:सोमबार, कात्तिक २८, २०७९  ११:४९
प्रतिक्रिया दिनुहोस्
खेल तालिका र नतिजा
फाइनल
फाइनल
फाइनल
फाइनल
फाइनल