काठमाडौं । इंग्ल्यान्डको फुटबल संघ (एफए)ले बुधबार यो वर्ष कतारमा हुने विश्वकप फुटबलका लागि पूर्वाधार निर्माण गर्दा घाइते भएका वा मारिएका आप्रवासी कामदारका परिवारलाई क्षतिपूर्ति दिनुपर्ने जनाएको छ ।
आप्रवासी कामदारहरूमाथि गरेको व्यवहारलाई लिएर मानवअधिकारवादी समूहहरूबाट कतारले चर्को आलोचनाको सामना गर्नुपरेको छ । एम्नेस्टी इन्टरनेसनल, ह्युमन राइट्स वाच र फेयरस्क्वायरले मंगलबार फिफाका साझेदारहरू र विश्वकप प्रायोजकहरूले विश्व फुटबलको प्रशासकीय निकाय र कतारी सरकारलाई आप्रवासी कामदारहरूलाई क्षतिपूर्ति दिन आग्रह गरेको थियो ।
“हामी निर्माण परियोजनाहरूमा ज्यान गुमाएका वा घाइते भएका आप्रवासी कामदारहरूको परिवारलाई क्षतिपूर्तिको सिद्धान्तको लागि जोड दिन्छौँ,’’ इंग्ल्यान्ड एफएका प्रमुख कार्यकारी मार्क बुलिङ्घमले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “फेरि, हामी लगातार सुरक्षा जालको रूपमा उल्लेख गरिएको क्षतिपूर्ति कोषको अद्यावधिकका लागि फिफालाई भनिरहेका छौँ । जसबाट कामदारहरू उनीहरूका परिवारले निर्माण कम्पनीहरूबाट उचित क्षतिपूर्ति लिन असमर्थ छन् ।’’
कतार सरकारले आफ्नो श्रम प्रणाली प्रगतिशील रहेको जनाएको छ । उसले हजारौँ आप्रवासी कामदारहरूमाथि अझै पनि शोषण भइरहेको भनिएको सन् २०२१ को एम्नेस्टी प्रतिवेदनलाई अस्वीकार गरेको छ ।
गएको मेमा एम्नेस्टीलगायत अरू अधिकारवादी समूहले फिफालाई मानवअधिकार हनन गरेबापत क्षतिपूर्तिका लागि ४४ करोड अमेरिकी डलर छुट्ट्याउनका लागि अनुरोध गरेको थियो ।
प्रकाशित मिति:सोमबार, कात्तिक २८, २०७९ ११:४६