site stats
मेसीको कीर्तिमानमा क्रोएसियामाथि सहज जित निकाल्दै अर्जेन्टिना फाइनलमा 
)
मेसीको कीर्तिमानमा क्रोएसियामाथि सहज जित निकाल्दै अर्जेन्टिना फाइनलमा 

काठमाडौं । लियोनल मेसीले जर्मनीका लोथर म्याथुसको नाममा रहेको विश्वकपका सर्वाधिक खेल खेल्ने खेलाडीको कीर्तिमानसँग बराबरी गरेको खेलमा मंगलबार अर्जेन्टिनाले साविक उपविजेता क्रोएसियालाई ३–० ले हराउँदै कतारमा जारी फिफा विश्वकपको फाइनलमा स्थान बनाएको छ ।

यो खेलसँगै मेसीले यसअघि लोथरको नाममा रहेको विश्वकपमा २५ खेल खेलेको कीर्तिमानसँग बराबरी गरे । यसबाहेक मेसीले विश्वकपमा अर्जेन्टिनाबाट सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान पनि आफ्नो नाममा लेखाए । विश्वकपमा ११ गोल पुर्‍याएका मेसीले यसअघि बाटिस्टुटाको नाममा रहेको १० गोलको कीर्तिमान तोडेका हुन् ।

कतारको लुसैल रंगशालामा सम्पन्न खेलमा मेसी र युलियन आल्भारेज चम्किए । अर्जेन्टिनाको जितमा आल्भारेजले दुई गोल गर्दा मेसीले एक गोलसँगै दुई असिस्ट गरे ।

Argen1670965668.jpg

खेलको ३४ औँ मिनेटमा कप्तान लियोनल मेसीले पेनाल्टीमार्फत गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । 

क्रोएसियाका गोलकिपर डोमिनिक लिभाकोभिचले आफ्नो १८ यार्ड बक्सभित्र अर्जेन्टिनाका फरवार्ड युलियन आल्भारेजमाथि फाउल गरेपछि अर्जेन्टिनाले पेनाल्टीको अवसर पाएको थियो । जसमा मेसीले कुनै गल्ती गरेनन् ।

यसको पाँच मिनेटपछी नै अर्जेन्टिनाले अग्रता दोब्बर पार्‍यो । अर्जेन्टिनाका लागि आल्भारेजले अग्रता दोब्बर पारेका थिए । आल्भारेजले आफ्नो पेनाल्टी क्षेत्रबाट एक्लै बल अघि बढाउदै क्रोएसियाका पाँच रक्षकलाई कटाउदै उत्कृष्ट ुसोलोु गोल गरेका थिए । 

पहिलो हाफमा २–० को अग्रता बनाएको अर्जेन्टिनाले दोस्रो हाफमा एक गोल थप्यो । 

May be an image of 3 people, outdoors and stadium

६९ औँ मिनेटमा आल्भारेजले नै अर्जेन्टिनाको अग्रतालाई ३–० मा पुर्‍याए । मेसीले बक्सभित्रबाट निकालेको बललाई आल्भारेजले पहिलो टचमै पोस्टको दिशा दिए ।

विश्वकपको इतिहासमा अर्जेन्टिनाले सेमिफाइनल खेलमा हार बेहोरेको छैन । अर्जेन्टिना छैटौँपटक विश्वकपको फाइनलमा प्रवेश गरेको हो । 

अर्जेन्टिना सन् २०१४ पछि विश्वकपको फाइनलमा प्रवेश गरेको हो । ब्राजिलमा सम्पन्न उक्त विश्वकपको फाइनलमा जर्मनीसँग १–० ले पराजित भएपछि अर्जेन्टिनाले उपविजेतामा चिन्त बुझाएको थियो । 

क्रोएसियालाई हराएसँगै अर्जेन्टिनाले अब उपाधिका लागि फ्रान्स र मोरक्कोबीचको विजेतासँग खेल्नेछ ।

प्रकाशित मिति:बुधबार, मंसिर २८, २०७९  ०६:०९
Post Comments