
काठमाडौं । पाकिस्तान क्रिकेटमा पागल हुने राष्ट्र हो । तर, पाकिस्तानले फुटबलमा विश्वकपमा पनि ठूलो भूमिका खेलिरहेको छ ।
कसरी ?
कतारको ट्रेनिङ मैदानमा प्रयोग हुने विश्वकप बल र विश्वभर जाने ‘रेप्लिका’ बल पाकिस्तानमा नै बन्छ ।
सियालकोटको उत्तरपूर्वी सहरमा अवस्थित बहुराष्ट्रिय खेलकुद उपकरण कम्पनी फरवार्ड स्पोर्ट्सले विगत २० वर्षदेखी एडिडास एजीसँग मिलेर काम गरिरहेको छ । र, यो विश्वकपको आधिकारिक बल एडिडासको अल रिहलाको दुई निर्माण कम्पनीमध्ये एक हो ।
फरवार्डका खेलकुद निर्देशक हसन मासूद ख्वाजा आफ्नो कम्पनीले ५५ लाख अल रिहला (कतार विश्वकपको आधिकारिक बल) बल उत्पादन गरेको बताउँछन् । त्यसमा ६० हजार उच्च गुणस्तरको ‘रेप्लिका’ बल पनि समावेश छ । ‘अर्ध स्वचालित अफसाइड’ प्रविधिका लागि ‘रियल टाइम टेक्नोलोजी’ प्रयोग गरेर बनाइएको बल भने त्यहाँ बनेको छैन ।
विश्वकपमा सहभागी टिमहरूले कतारमा प्रशिक्षण गर्दा पाकिस्तानमै उत्पादन भएका बल प्रयोग गरिरहेका छन् । र, विश्वभरका फुटबल समर्थकहरूलाई प्रिमियम उत्पादनको बल बिक्री गरिन्छ । बाँकी कम मूल्यका बलहरू ‘सोभेनियर’ रूपमा बेचिन्छन् । ‘म्याच बल’हरू चीनमा बनेका छन् । एडिडासले चीनको उत्पादक कम्पनीको पहिचान खुलाउन भने अस्वीकार गर्यो ।
पाकिस्तानी कम्पनीका लागि सम्झौता गर्व गर्न लायक स्रोत हो । ख्वाजाले भन्छन्, “व्यवसायभन्दा पनि विश्वकप बल बनाउन पाउनु हाम्रा लागि प्रतिष्ठा र सम्मानको कुरा हो । हामी यसलाई कसरी गर्छौं ? यो मानिसहरूको सीप हो... र खेलप्रति हाम्रो माया ।”
फुटबल विश्वभरका प्रशंसकहरूबीच लोकप्रिय खेल हो । तर, पाकिस्तान भने क्रिकेटमय छ । त्यहाँ क्रिकेटले अन्य खेललाई छायामा पारिदिन्छ । फिफा वरीयतामा पाकिस्तान १९४औँ स्थानमा छ ।
फुटबल बल र अन्य खेलकुद सामग्री उत्पादन गर्नमा सियालकोटको समृद्ध इतिहास छ । त्यहाँ औपनिवेशिक कालदेखि नै फुटबल बल र अन्य खेलकुद उपकरण उत्पादन हुँदै आएका छन् ।
चीन र भारतसँगै पाकिस्तान फुटबल बलको विश्वमा सबैभन्दा ठूलो उत्पादक हो । स्थानीय चेम्बर अफ कमर्सका अनुसार आर्थिक वर्ष २०२१/२२ मा सियालकोटमा १९ करोड १० लाख अमेरिकी डलर बराबरको ४ करोड ३० लाखभन्दा बढी बल बनाइएको थियो ।
सियालकोटमा करिब १० लाख जनसंख्याको करिब आठ प्रतिशतले उद्योगमा काम गर्छन् । तर, उनीहरूमध्ये धेरैले आफ्नो उत्पादनको काम हेर्ने समय पाएका छन् ।
“हामी दिनभर काम गर्छौं,” फरवार्ड स्पोर्ट्स क्वालिटी कन्ट्रोल इन्स्पेक्टर अमनाले फुटबल कत्तिको हुर्नुहुन्छ भन्ने प्रश्नको जवाफमा भनिन्, “रातमा, जब हामी घर जान्छौं, हामीले आराम गर्नुपर्छ ।”