site stats
विश्वकपको क्वार्टरफाइनल समीकरण पूरा, यी हुन् अन्तिम आठमा पुग्ने टिम
विश्वकपको क्वार्टरफाइनल समीकरण पूरा, यी हुन् अन्तिम आठमा पुग्ने टिम

काठमाडौं । मंगलबार राति भएको खेलमा पोर्चुगलले स्वीट्जरल्यान्डलाई ६–१ ले पराजित गरेसँगै कतारमा जारी फिफा विश्वकपको क्वार्टरफाइनल समीकरण पूरा भएको छ ।

मंगलबार स्वीट्जरल्यान्डलाई हराएसँगै पोर्चुगल क्वार्टरफाइनल पुग्ने अन्तिम टिम बन्यो । त्यसअघि सन् २०१० को विजेता स्पेनलाई हराएर मोरोक्को जारी विश्वकपको क्वार्टरफाइनल पुग्ने सातौं र एकमात्र अफ्रिकी राष्ट्र बनेको थियो । 

क्वार्टरफाइनलमा युरोपका पाँच टिमले स्थान बनाए । दक्षिण अमेरिकाबाट दुई र अफ्रिकाबाट एक टिमले क्वार्टरफाइनलमा स्थान बनाएका छन् । अन्तिम–१६ मा एसियाका तीन राष्ट्रले स्थान बनाए पनि क्वार्टरफाइनलमा भने कुनै पनि टिम पुग्न सकेनन् । 

क्वार्टरफाइनल पुग्ने आठ टिम
जारी विश्वकपको २२औं संस्करणमा नेदरल्यान्ड्स, अर्जेन्टिना, क्रोएसिया, ब्राजिल, फ्रान्स, इंग्ल्यान्ड, मोरोक्को र पोर्चुगलले अन्तिम आठमा स्थान बनाए ।

नेदरल्यान्ड्सले अन्तिम–१६ को खेलमा अमेरिकालाई ३–१ ले र अर्जेन्टिनाले अस्ट्रेलियालाई २–१ ले पराजित गर्दै अन्तिम आठको यात्रा तय गरेको थियो ।

क्रोएसियाले जापानलाई पेनाल्टी सुटआउटमा ३–१ ले हराउँदा ब्राजिलले दक्षिण कोरियामाथि ४–१ को सहज जितसँगै क्वार्टरफाइनलको यात्रा तय गर्यो ।

साविक विजेता फ्रान्सले पोल्यान्डलाई ३–१ ले हराउँदा इंग्ल्यान्डले सेनेगलविरुद्ध ३–० को जित निकाल्दै अन्तिम आठमा स्थान सुरक्षित गर्यो ।

यस्तै, मोरोक्कोले सन् २०१० को विजेता स्पेनलाई पेनाल्टी सुटआउटमा ३–० ले स्तब्ध पार्दा पोर्चुगलले स्वीट्जरल्यान्डविरुद्ध ६–१ को फराकिलो जित निकाल्दै क्वार्टरफाइनलमा स्थान पक्का गर्यो ।

क्वार्टरफाइनल खेल 
अब, सेमिफाइनल प्रवेशका लागि पहिलो क्वार्टरफाइनलमा ब्राजिलले शुक्रबार क्रोएसियाविरुद्ध खेल्दै छ । खेल राति ८ः४५ बजेदेखि सुरु हुनेछ । सोही दिनको दोस्रो खेलमा राति १२ः४५ बजे अर्जेन्टिनाले नेदरल्यान्ड्सको सामना गर्दै छ ।

तेस्रो क्वार्टरफाइनलमा खेलमा शनिबार मोरोक्को र पोर्चुगल भिड्नेछन् । यो खेल राति ८ः४५ बजेदेखि सुरु हुनेछ । यस्तै, सोही दिनको दोस्रो खेलमा राति १२ः४५ बजे जारी विश्वकपको अन्तिम क्वार्टरफाइनल खेलमा इंग्ल्यान्ड र फ्रान्सबीच प्रतिस्पर्धा हुनेछ । 


 

प्रकाशित मिति:बुधबार, मंसिर २१, २०७९  १४:३६
प्रतिक्रिया दिनुहोस्
खेल तालिका र नतिजा
फाइनल
फाइनल
फाइनल
फाइनल
फाइनल