पहिलो हाफमा अस्ट्रेलिया १-० ले अघि

काठमाडौं । कतारमा जारी फिफा विश्वकपअन्तर्गत शनिबार समूह 'डी' को खेलमा ट्युनिसियाविरुद्धको पहिलो हाफमा अस्ट्रेलियाले १-० को अग्रता बनाएको छ ।
कतारको अल जनौब रंगशालामा जारी खेलको २३औँ मिनेटमा मिचेल डुकले गोल गर्दै अस्ट्रेलियालाई अग्रता दिलाए । क्रेग गुडविनले बनाएको अवसरलाई सदुपयोग गर्दै डुकले हेडर गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाएका थिए ।
पहिलो हाफमा पाँच मिनेट इन्जुरी टाइम थपिएको थियो ।
समूह चरणमा दुवैको यो दोस्रो खेल हो । पहिलो खेलमा ट्युनिसिया बराबरीमा रोकिदा अस्ट्रेलिया भने पराजित भएको थियो ।
यसअघि पहिलो खेलमा ट्युनिसियाले डेनमार्कसँग गोलरहित बराबरी खेलेको थियो । यस्तै, अस्ट्रेलिया भने साबिक विजेता फ्रान्ससँग ४-१ ले पराजित भएको थियो । समूहबाट शीर्ष दुई टिमले अन्तिम-१६ मा प्रवेश गर्नेछन् ।
प्रकाशित मिति:शनिबार, मंसिर १०, २०७९ १६:४५
प्रतिक्रिया दिनुहोस्
अंक तालिका