site stats
विश्वकपमा दक्षिण कोरियाले फरवार्ड सनलाई गुमाउने खतरा
विश्वकपमा दक्षिण कोरियाले फरवार्ड सनलाई गुमाउने खतरा

काठमाडौं । दक्षिण कोरियाका फरवार्ड सन ह्युङ–मिनले कतारमा हुने फिफा विश्वकप गुमाउने सम्भावना बढेको छ ।

सनको क्लब टोटनहमले बुधबार सनको शल्यक्रिया गर्नुपर्ने जनाएको छ । जसका कारण सनले विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता गुमाउने सम्भावना बढेको हो ।

 

 

३० वर्षीय फरवार्ड सन मंगलबार राति च्याम्पियन्स लिगमा मार्सेविरुद्ध खेल्दा घाइते भएका थिए । मार्सेका चान्सेल एमबेम्बासँग ठोक्किँदा सनको आँखा वरपरको भागमा चोट लागेको थियो । मैदानमै लामो समयको प्राथमिक उपचारपछि सनलाई बाहिर ल्याइएको थियो ।

‘‘सनको बायाँ आँखा वरपरको भागमा शल्यक्रिया गर्नुपर्ने भएको छ,’’ टोटनहमको वेबसाइटमा उल्लेख छ ।

 

विश्वकप आउन अब १७ दिन मात्र बाँकी छ । विश्वकपअघि सनको चोटले दक्षिण कोरियालाई ठूलो धक्का लागेको छ । विश्वकपमा दक्षिण कोरिया समूह ‘एच’मा छ । यो समूहमा दक्षिणसँगै उरुग्वे, घाना र पोर्चुगल छन् ।

सनले दक्षिण कोरियाबाट १०४ खेलमा ३५ गोल गरिसकेका छन् ।

प्रकाशित मिति:सोमबार, कात्तिक २८, २०७९  १२:०४
प्रतिक्रिया दिनुहोस्
खेल तालिका र नतिजा
फाइनल
फाइनल
फाइनल
फाइनल
फाइनल