site stats
नेदरल्यान्ड्स र इक्वेडरले अंक बाँडे
नेदरल्यान्ड्स र इक्वेडरले अंक बाँडे

काठमाडौं । कतारमा जारी फिफा विश्वकपअन्तर्गत शुक्रबारको खेलमा समूह ‘ए’का नेदरल्यान्ड्स र इक्वेडरले १–१ को बराबरी खेल्दै अंक बाँडेका छन् ।

कतारको खलिफा रंगशालामा सम्पन्न खेलमा छैटौँ मिनेटमा कोडी गक्पोले गरेको गोलबाट नेदरल्यान्ड्सले अग्रता बनाएका थियो । तर, ४९ औं मिनेटमा इक्वेडरका कप्तान इनर भ्यालेन्सियाले गोल गर्दै आफ्नो टिमलाई बराबरीमा फर्काए । जारी विश्वकपमा भ्यालेन्सियाको यो तेस्रो गोल हो । उनले यसअघि समूह चरणको पहिलो खेलमा कतारविरुद्ध दुई गोल गरेका थिए ।

बराबरीसँगै दुई खेलबाट चार अंक जोडेको नेदरल्यान्ड्स तालिकाको शीर्ष स्थानमा छ । समान अंकका साथ इक्वेडर दोस्रो र तीन अंक जोडेको सेनेगल तेस्रो स्थानमा छन् । दुई खेल खेल्दा पनि अंकविहीन कतार भने तालिकाको पुछारमा छ । समूहबाट शीर्ष दुई टिमले प्रि–क्वार्टरफाइनलमा स्थान बनाउनेछन् ।

नेदरल्यान्ड्सले समूह चरणको पहिलो खेलमा सेनेगललाई र इक्वेडरले कतारलाई समान २–० को अन्तरले पराजित गरेका थिए ।

यी दुई टिमले बराबरी खेल्दै अंक बाँडेसँगै कतार जारी विश्वकपको समूह चरणबाट बाहिरिने पहिलो टिम बनेको छ । आजै भएको दिनको पहिलो खेलमा कतार सेनेगलसँग ३–१ ले पराजित भएको थियो ।

प्रकाशित मिति:शुक्रबार, मंसिर ९, २०७९  २३:५५
प्रतिक्रिया दिनुहोस्
खेल तालिका र नतिजा
फाइनल
फाइनल
फाइनल
फाइनल
फाइनल